०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

रौतहटको कटहरियामा कराडौंको लगानीमा निर्माण भईरहेको नाला गुणस्तरहीन

Logo
प्रकाशित बिहिबार, चैत्र ०५, २०७७

संजय मिश्र
रौतहट,५ चैत्र । आश्रय निर्माण कम्पनीले रौतहटको कटहरियामा गराईरहेको नाला निर्माणको काम गुणस्तरहिन भएको गुनासो बढन थालेको छ ।

ठेकदार नागेन्द्र साहले टेण्डर प्रकृया घटाघटबाट ठेक्का पारेको नाला निर्माणको काम आफैले नगरेर पेटी ठेकदार मार्फत गराईरहेकाले गुणस्तरहीन भईरहेको स्थानीयले बताएका छन् । नेपाल सरकार तथा नगरपालिकाको करोडौंको लगानीमा निर्माण भईरहेको नालाको काम गुणस्तरहीन भएको पाईएको छ ।

तेस्रो साना सहरी तथा खानेपानी परियोजना र कटहरिया नगरपालिकाको लगानीमा वडा ४ र ५ मा नाला निर्माण गर्न ५८ करोड ५८ लाखको टेण्डर आव्हान गरेको थियो । घटाघट प्रकृया मार्फत उक्त ठेक्का करीब ३५ करोडमा आश्रय निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

जिल्लामै सबै निर्माण कम्पनी भन्दा बढी कामको टेण्डर पार्ने आश्रय निर्माण सेवाका संचालक नागेन्द्र साहले करोडौंको नालाको योजनाको काम आफैले नगरेर पेटी ठेकदार मार्फत सुरु गरेकाले पनि मापदण्ड अनुसारको काम हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

कटहरिया नगरपालिका वडा ५ माध्यामिक विधालय भन्दा दक्षिणतर्फ ठेकदार नागेन्द्र साहले एकजना पेटिठेकदार मार्फत निर्माण गराईरहेको नाला निर्माणको क्रममा सुखा ईँटा जोडेको र ईँटाको बिचमा थारै ग्याप नराखेको भेटिएपछि गाँउलेले केहीबेर काम रोक्का गरेको स्थानीय प्रमोद अर्यालले बताएका छन् ।

पेटीठेकदारलाई सोध्दा आफुुलाई प्राविधिक जानकारी नरहेको बताएका थिए । केहीबेर पछी आश्रयका साईड ईन्जिनियर आएर ग्याप छोडेर ईँटा जोडन लगाई ईँटा माथी पानी हाल्न सुरु गराएका थिए । करोडौंको नाला निर्माण हुँदा पनी नियमनकारी निकाय,खानेपानी उपभोक्ता समिति कटहरिया तथा स्थानिय जनप्रतिनिधी पनी बेखबर भएकाले सुरुआतलै गुणस्तरहिन काम भईरहेको टालबासीले गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]