न्यूजमधेश डेस्क
जनकपुरधाम,७ चैत्र।डा सीके राउत नेतृत्वका जनमत पार्टीले धनुषाको मिथिला नगरपालिका – ६ ढल्केवरमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।
शनिबार जनमत पार्टी मिथिला नगरपालिकाका नगर संयोजक अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा भएको वडा अधिवेशनको प्रमुख अतिथी जनमत पार्टी धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक ओम बिक्रम कुशवाहा रहेको थियो।
अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। समितिको अध्यक्षमा सतेन्द्र कुमार सिंहलाई चयन गरेका छन् ।
त्यसैगरी महिला उपाध्यक्ष अर्पन देवि कुशवाहा,अर्को उपाध्यक्षमा शिवु कुमार महतो,सचिवमा सन्तोष मण्डल,सहसचिवमा जिबछ साह रहेको छ।
सो समितिको सदस्यमा मिना परियार,मो आलम राईन,रोशन कुमार ठाकुर,शैलेन्द्र कुमार साह,अचल कुमार महतो र अशोक कुमार महतो रहेको छ।