१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

न्यूजमधेश डेस्क
कैलाली ,११ चैत्र । नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी गरिएको छ।

एकलौटी रूपमा सदस्यता सिफारिस गरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।

विज्ञप्ति जारी गर्दै दुबै संगठनले नयाँ सदस्यमा एकलौटी रूपमा नाम सिफरिस गरेको र आफ्ना निवेदनमाथि कुनै सुनुवाइ नभएको भन्दै आपत्ति जनाइएको छ।

‘लामो समयदेखि क्रियाशील पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा जुन एकलौटी रूपमा सिफारिस गरी हामीले दिएको निवेदनको कुनै पनि सुनुवाइ गरिएको छैन, यसकाविरूद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मसिंह विकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

साथै, दुवै संगठनले आफूहरूले दिएको निवेदनको सुनुवाइ नगरे पत्रकार महासंघको तीनै तहको निर्वाचनमा सहभागी नहुने चेतावनी समेत दिएका छन्।

आफ्ना निवेदनमाथि सुनुवाइ नगरे महासंघका तीनै तहका चुनावमा सहभागी नहुने चेतावनी दिइएको छ।

यतिबेला कैलालीमा पत्रकार महासंघको चुनावी सरगर्मी बढेको छ। चैत २५ गते केन्द्र, प्रदेश र जिल्लामा तोकिएको चुनावको प्रचारप्रसारमा उम्मेदवारले दौडधुप सुरू गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]