०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सांसद अरगरियाको कोषबाट सामुदायिक भवन बन्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ ।

धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो ।

शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।

बलहागोठमा सामुदायिक भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै सो भवन निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।

सामुदायिक भवन बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय रमण मंडलले सामुदायिक भवन बनेपछि आफूहरुलाई सजिलो हुने बताए ।

शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जिवछ पघैया, अशोक मंडल, इन्द्र कुमार सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]