०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

जनकपुर – यदुकोहा हुलाकी सडकको उद्घाटन

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र । हुलाकी सडकको बुधवार एक समारोह विच उद्घाटन गरिएको छ । नेपालमा कुल १३ वटा सडक खण्डको उद्घाटन गरिएको छ जसमा धनुषामा ३ र महोत्तरीमा २ वटा सडक खण्डको उद्घाटन गरिएको छ ।

जनकपुरधाम देखि यदुकोहा सम्मको सडकलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले उद्घाटन गरे भने अन्य ठाउँको सडकहरु पनि बुधवारनै उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर साह, हुलाकी सडकका डिइ कृष्ण महतो, लक्ष्मण रेखा निर्माण सेवाका लक्ष्मण महासेठ लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा पुल चोकमा रहेको पुल निर्माण कार्यलाई तिव्रता दिन के कस्तो बाधा व्यवधान रहेको सम्वन्धमा मेयर साहले डिइ महतो संग जिज्ञासा व्यक्त गरेका थिए । उनले पुलचोक भन्दा पश्चिमको सडक पनि छिटो भन्दा छिटो निर्माण गर्नकालागि आग्रह गरेका थिए ।

जनकपुरधाम देखि यदुकोहा सम्म कुल १६.६३ किलोमिटरको सडक निर्माण भएपनि जनकपुरधामलाई गाउँ संग जोड्न सफल भएको छ । बर्षातको बेलामा गाउँ र जनकपुरधामको सम्पर्क टुटने समस्या अव समाधान भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]