१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

डा सीके राउतले गराए जपाको अध्यक्ष पदमा उम्मेद्बारी दर्ता

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र।जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा सीके राउतले उम्मेदवारी दर्ता गराएको छ ।

धनुषा जिल्लाको जनकपुरधामस्थित बाह्रबिघामा चैत्र २८ गते हुने पार्टीको प्रथम महाधिवेशमा अध्यक्ष पदका लागि डा. राउतले उम्मेदवारी दिएका हुन ।

त्यस्तै, उपाध्यक्ष पदमा मो. अब्दुल खान, ई. बसन्त कुमार कुश्वाहा, ई. दिपक कुमार साह, ई. नरेन्द्र प्रसाद चौधरीले उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी महासचिव पदमा चन्दन कुमार सिंहले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, सचिव पदमा ई. सुरेन्द्र नारायण यादव र केन्द्रिय सदस्य खुल्ला पदका लागि डा. सुवन्त कुमार कुश्वाहा, सुर्यदेव यादव, रामकेश गुप्ता, सुरेन्द्र शर्मा मधेशी, मदनेश कुमार चौधरी लगायत ४६ जनाले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, गैर अवासिय मधेशी संघ (एनआरएमए) तर्फबाट केन्द्रिय सदस्य पदका लागि निर्मल कुमार मण्डल, धनबीर कुमार ठाकुर, शम्धुनाथ साह, बिनोद कुमार पासवान, बिरेन्द्र कुमार साहले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, महिला तर्फबाट केन्द्रिय सदस्य पदका लागि अनिता कुमारी मण्डल, अनिता देबी, ललिता कुमारी यादव, अन्जनी देबी मण्डल, बिणा राई, बबिता कुमारी राउत, रौशन खातुन, आशा कुमारी मेहता, नसिमुन जहाँ शेख (जोया) जुलेखा बिबी, राधा कुमारी यादव, अनिता देवि, कोशिला देवि महतोले उमेदवारी दर्ता गराएका छन् ।

यही २०७७ चैत २८ गते जनकपुरधामको बाह्रबिग्घामा हुने जनमत पार्टीको प्रथम महाधिवेशमा अध्यक्ष पदका लागि डा। सि। के राउत र महासचिव पदका लागि चन्दन सिंहले आफ्नो एक्कल उम्मेदवारी दर्ता गराएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]