०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडकको शिलान्यास गर्ने

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ चैत्र । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]