०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीको प्रथम महाधिवेशन तयारी सम्पन्न, ५० हजार आम जनताको सहभागीता हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

कमल कुमार मण्डल
जनकपुरधाम, २७ चैत्र । जनमत पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भोली शनिवार आयोजना हुने भएको छ ।

प्रदेश नं. २ का राजधानी जनकपुरधामको बाह्रविघा मैदानमा आयोजना हुन लागेको महाधिवेशनको सम्पुर्ण तयारी भइसकेको न्युज मधेशसँग कुरा गर्दै अधिवेशनका मुल समितिको संयोजक अनिता साहले जानकारी दिएका छन् ।

केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनकालागाी पाँच हजार अधिवेशन प्रतिनिधि सहभागी हुने बताए ।

उनले भने करीब पचास हजार भन्दा बढी आमजनता सहभागी हुने सक्ने भएकोले कार्यक्रम व्यवस्थापनका लागि पच्चिस हजार स्वयमसेवक खटाइएका छन् ।

मधेशको २२ वटै जिल्लाबाट स्वयमसेवकहरु उपस्थित भई सकेको र अतिथि तथा मतदाताहरु आउने क्रम जारी रहेको जानकारी दिदै महाधिवेशनको मिडिया संयोजक ईन्जिनियर इन्द्रिजीत कुमार यादवले भने–१ सय ५० भन्दा बढी बस, दश हजार मोटरसाईकल तथा व्यक्तिगत सवारी विभिन्न जिल्ला बाट आउनका लागि त्यारी भईसकेको छ ।

कार्यक्रम विहान १० बजे देखी शुरु हुने उनले बताए । सो कार्यक्रम क्रमबद्ध तरिकाले आसन ग्रहन, साँस्कृतिक प्रस्तुति, प्रशिक्षण कार्यक्रम, खुल्ला सत्र गरी बन्द सत्रमा परिणत गरीने छ । सोही मैदानमा निर्वाचन समेत हुने भएको मिडिया संयोजक यादवले बताए ।

केन्द्रिय कार्यकारिणी समितिकालागि यस प्रकारको उम्मेदवारहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]