०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमतको नयाँ कार्यसमिति चयन,गैर आवासीय मधेसी संघबाट उपमहासचिव र कोषाध्यक्षमा यादव मनोनित

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ३० चैत । जनमत पार्टीको नयाँ केन्द्रिय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधामको बाह्रविघा मैदानमा शनिवार अयोजना गरिएको प्रथम ऐतिहासिक महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम सोमवार विहान सार्वजनिक गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो ।

केन्द्रिय कार्यकारिणी समितिको अध्यक्षमा २ हजार ३ सय २ मत ल्याएर डा.सिके राउत विजय भएको छ । त्यसै गरि उपाध्यक्षमा १ हजार ८ सय ६७ मत अब्दुल खाँन, १ हजार १ सय ५० मत ई. बसन्त कुशवाहा, ७ सय ७१ मत ई.दिपक कुमार शाह र ५ सय ८२ मत ई .  नरेन्द्र चौधरीले प्राप्त गरि निर्वाचित भएका छन् ।

महासचीवमा १ हजार ५ सय ७३ मत लयाउदै चन्दन सिंह विजय भएको छ ।

निर्वाचनबाट पार्टीका केन्द्रीय कार्यकारणी समितिको सदस्यहरुमा रौतहटका डा शुबन्त कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै, नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा। विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् ।

महिला सदस्यमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन् ।

गैर आवासिय मधेशी संघको समुहबाट ई.सुरेन्द्र नारायण यादव, ई. इन्द्रजीत यादव, ई. शम्भुनाथ साह, निर्मल मण्डललाई मनोनित गरिएको छ ।

यसैगरिे ई . इन्द्रजीत यादवलाई केन्द्रिय कार्यकारिणी समितिका उपमहासचिव र ई .सुरेन्द्र नारायण यादवलाई कोषाध्यक्षमा मनोनित गरिएको छ ।

केन्द्रिय सदस्यका खुल्ला समुहबाट सर्लाहीका रविन्द्र साह , मोरंगका बुद्धिराम माझी,बाराका सुरेश प्रसाद ,रौतहटका विरेन्द्र साह सोनार ,सप्तरीका सुर्यदेव यादव ,बाराका रामबाबु प्रसाद पटेल ,धनुषाका रघुवीर दास, पर्साका संतोष कुमार साह कम मत प्राप्त भएकोले उक्त समितिमा समावेश हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]