न्यूजमधेश डेस्क
राजविराज, ५ बैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिका वाड नम्बर ४ ललापट्टीमा जनमत पार्टीको २१ सदस्य टोल समिति र महिला वडा समिति गठन गरिएको छ ।
सोही वडाका जनमत पार्टीको अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा महिला समितिको अध्यक्षमा सुमित्रा देवी रजक लाई चयन गरिएको छ ।
टोल समितिको अध्यक्षमा सत्य नारायण शर्मालाई चयन गरेको हो ।
सोही गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुर, उपाध्यक्ष उपेन्द्र खंगलगायतका जनमत पार्टीको वाडका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागीता रहेको थियो ।