०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीका निवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुको सपतग्रहण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको गत चैत्र २८ गते जनकपुरधाममा सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपतग्रहण कार्यक्रम सम्पन्न भएको छ।

आजबाट सुरु भएको जनमत पार्टीका केन्द्रिय कार्यसमितिको बैठकमा महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज वरिष्ठ नेतृत्व मण्डलका केन्द्रिय संयोजक अशोक सिंहले सपतग्रहण गराएको पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताए।

उनले भने, पार्टीका संसोधित विधानमा सम्पुर्ण पदाधिकारीहरुले हस्तान्तरण गरेपछी पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले कार्यक्रमको एजेन्डाहरु प्रस्तुत गरेको थिए।

केन्द्रिय कार्यसमितिको काम कर्तव्य र अधिकारको बारेमा उपाध्यक्ष अब्दुल खान जानकारी गराउनु भएको हो ।

उक्त बैठकमा पार्टीका जिल्ला जनप्रतिनिधिहरुले सल्लाह ,सुझाव र प्रतिक्रिया समेत संकलन गरेको उपाध्यक्ष खानले बताए।

सो बैठक संचालन पार्टीका महासचिव चन्दन सिंहले गरेको थियो।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित जीवन केन्द्रमा बसेको बैठक भोलि शुक्रबार दिउँसो ३ बजे सम्म चलने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]