०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषाको कमला नगरपालिका तालाबन्दीपछी सेवाग्राही मर्कामा

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् ।

यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् । विगत ५ दिनदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज समेत ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् ।

तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै हात फर्किन बाध्य भएका छन् । नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले वडाको योजना कटौती गरेको भन्दै ४ जना तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

यता सेवाग्राहीले भने भागबण्डा नमिलेकै कारण नगरपालिकामा तालाबन्दी गरेको आरोप लगाएका छन् । एक जना सेवाग्राहीले भने, ‘तिन वर्षदेखि ती वडा अध्यक्षहरु कहाँ थिए । अहिले भागबण्डा नमिलेपछि नगरपालिकामा तालाबन्दी गर्न पाईन्छ ?’, उनले भने हामी सोमबारदेखि नै नगरपालिकामा काम गराउनको लागि दौरधुप गर्दैछौं । तर नगरपालिकामा तालाबन्दीका कारण काम हुदैन उनले दुःख व्यक्त गरेका हुन् ।

नगरपालिकामा तालाबन्दी गरेर वडा अध्यक्षहरुले जनतालाई दुःख दिने काम मात्र गरेको अर्का स्थानीय सेवाग्राहीले भने, ‘हेर्दै जानुस्, यिनीहरुको कहाँ भागबण्डा मिलेको छैन । मिलेपछि ताला आफै खुल्छ ।’ हामी यिनीहरुको नौटंकी हेरेर बस्नु पर्ने, हामीले चै हैरानी खेप्नु पर्ने ? उनले प्रश्न गरे ।

उनले छिटो भन्दा छिटो तालाबन्दी नखोले स्थानीयले नै तालाबन्दी फुटाउन बाध्य हुने पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]