
न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ।
आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा डा रबिन्द्र कान्त मण्डलको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई . वसन्त कुशवाहा रहेको थियो ।
त्यसैगरी विशिष्ट अतिथीमा पार्टीको केन्द्रिय सदस्य निर्मल मण्डल ,सुरेन्द्र शर्मा मधेशी र मदने चौधरी रहेको थियो।
सो भेटघाट तथा प्रशिक्षण कार्यक्रममा युवा जनमत संघ सप्तरीक प्रमुख मनोज यादव, जनमत पार्टीका बोदेबरसाइन नगरपालिकाका अध्यक्ष आलोक सागर,पार्टीका डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष जय प्रकाश मण्डल ,संतोषी साह,सुनिल कुमार साह ,युवा नेता पंचलाल मधेशी,हरेराम साह,शम्भु साह,बसन्त साहको समेत उपस्थिति रहेको थियो।
उक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।