१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

राजधानीमा बिहानैबाट निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ बैशाख । कोरोनाभाइरसको संक्रमण बढेपछि आज बिहान ६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा लागू भएसँगै राजधानी सुनसान बनेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लागू गरेका हुन्। उनीहरूले आज बिहान ६ बजेदेखि लागूको गरेको निषेधाज्ञा दुई सातासम्म जारी रहनेछ।

मन्त्रिपरिषद्को बैठकले कोरोनाको चेन ब्रेक गर्न कम्तीमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। त्यसअनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश दिएका हुन्।

निषेधाज्ञाको समयमा यातायातका साधन बन्द भएका छन्। अत्यावश्यकीय कामबाहेक अन्यलाई जथाभावी हिँडडुल गर्न पनि रोक लगाइएको छ।

त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन्। शैक्षिक संस्था पनि बन्द रहेका छन्।

सभा, समारोह, भेला, गोष्ठी गर्न पनि रोक लगाएको छ। विवाह, व्रतबन्ध र अन्तिम संस्कार गर्न भने छूट दिइएको छ। विवाहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइनेछैन।

विवाहमा दुई वटासम्म गाडी प्रयोग गर्न पाइनेछ। त्यसमा विवाह भनेर लेखिएको ब्यानर राख्नुपर्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]