०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

धनुषासहित ४१ जिल्लामा निषेधाज्ञा

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ बैशाख । सरकारले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा निषेध आदेश जारी गर्न सिडियोहरुलाई नै प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै धनुषासहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी भएको छ ।

कोरोना भाईरस डबल म्युटेन्टको तीब्र रुपमा फैलिँदो सङ्क्रमण रोकथामको प्रयास स्वरुप प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् ।

काठमाण्डौं उपत्यकासहित विभिन्न जिल्लाहरुबाट सुरु भएको निषेध आदेशको क्रम ४१ जिल्लामा पुगेको छ । अझै केही जिल्लाहरुले पनि निषेधाज्ञाको तयारी गरिरहेका छन् । शनिबार २९ जिल्लामा कायम रहेको निषेधको आदेश आइतबार ३१ जिल्लामा जारी भएको छ भने सोमबार बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

केही जिल्लामा सोमबाररातिदेखि नै निषेध आदेश कार्यान्वयनमा जाँदै छ भने धनुषासहित केही जिल्लामा मङ्गलबारबाट लागू हुनेछ ।
धुनुषामा संक्रमणको दर तीव्र हुन थालेको भन्दै आज(मंगलबार)देखि बैशाख ३१ गते सम्मका लागि निषेध आदेश जारी भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र धनुषाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार धनुषामा मंगलवार बिहान ६ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी रहने छ भने संक्रमणको अवस्था हेरेर सो अवधि बढाउने विषयमा पछि निर्णय हुने छ । उता प्रदेश २ कै महोत्तरी जिल्लामा बुधवारदेखि निषेध आदेश कार्यान्वयनमा आउन लागेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै रामेछाप, ताप्लेजुङ, अर्घाखाँचीमा पनि मंगलबाररातिदेखि लागू हुनेगरी र नुवाकोट, धनुषा तथा दैलेखमा मङ्गलबारदेखि लागू हुने गरी आदेश जारी गरिएको छ ।

त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]