०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,२२ बैशाख । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् ।

महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सीलगायतका बिक्री गर्न नपाएरै खेर जान्छ कि भन्दै चिन्तित भएको व्यवसायी कृषक मुमताज गुप्ताले बताउनुभयो । “विशेषगरी बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, रामजानकी सब्जीमन्डी र बजारका विभिन्न होटलमा बिक्री गर्ने गर्थेँ”, उहाँले भन्नुभयो, “निषेधाज्ञाले बजार पूर्णरूपमा ठप्प भएपछि तरकारी बिक्री गर्न एकदमै मुस्किल भएको छ ।”

फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो मात्राको बिक्रीले व्यवसायमा केही हलचल नहुने उहाँको भनाइ छ । “दिनमा आठ÷दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफनो लगानीसमेत उठ्दैन ।” उहाँका अनुसार निषेधाज्ञाअघि दिनमा पाँचदेखि आठ क्विन्टलसम्म तरकारी बजार जाने गर्दथ्यो । हिजोआजथोरै मात्राको बिक्रीले बारीमा ठूलो परिमाणमा उत्पादन भएको तरकारी बजारमा बिक्री गर्न सकिने अवस्था नभएको उहाँले गुनासो गर्नुभयो । “तरकारी बजार बिहान दुई÷तीन घण्टा त खुल्छ तर उक्त समय आफूलाई अनुकूल भइरहेको छैन”, उहाँले भन्नुभयो ।

अहिले बारीमा करिब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छ तर कहाँ लगेर त्यो बिक्री गर्ने भन्ने उहाँलाई चिन्ता छ । “कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्मको जारी निषेधाज्ञा पुनः लम्बिएर वैशाख अन्तिमसम्म बढाइएपछि बन्दैबन्दले अब त जमीनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जमीनको भाडा कहाँबाट दिने र जहानपरिवार कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”

उहाँले भन्नुभयो, “बन्द खुलञ्जेलसम्म त बारीको तरकारी खेर गई कामै नलाग्ने भइसक्छ ।” गत वर्ष पनि लामो समयसम्मको लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाएरै बारीमै कुहिएर लगानीसमेत उठ्न नसकेको उहाँले बताउनुभयो ।

पाँच वर्षदेखि जमीन ठेक्कामा लिई व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदा हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]