०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

प्रदेश २ मा अक्सिजनको अभावमा ज्यान गुमाउदै संक्रमित

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

हरिशंकर शर्मा,
वीरगञ्ज ,३० बैशाख । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ का  पर्सा जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुले ज्यान गुमाइरहेका छन् । नेशनल मेडिकल कलेजले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सञचालन गरेको अस्थायी कोभिड अस्पताल ९बाबा होटल० मा भर्ना भएका अन्दाजी ७० वर्षीय वृद्ध संक्रमितको अक्सिजनको अभावमा विहीबार दिउँसो करिब ३ बजे मृत्यु भयो ।

अक्सिजनको सपोर्टमा उपचाररत उक्त बृद्धले अक्सिजन अभावकै कारण ज्यान गुमाए । वीरगञ्जमा अहिले दैनिक १५ सय सिलिण्डर अक्सिजनको माग छ । तर, आपूर्ति भने ५ देखि ७ सय सिलिण्डरसम्म मात्रै भइरहेको कारण यहाँका प्रत्येक अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको हो ।

सञ्चारमाध्यमहरुले विगत तीन दिनदेखि अक्सिजन अभावबारे खबरदारी गर्दै आएका छन्, तर प्रशासनको गैर जिम्मेवारीको कारण विहीबार अक्सिजनको अभावमा संक्रमितले ज्याननै गुमाउनुपरेको छ ।

अक्सिजन अभावबारे सामाजिक सञ्जालमा टिका टिप्पणी हुन थालेपछि प्रशासनले अक्सिजनको अभाव हुन नदिने भनेर दाबी नै गरेको थियो । तर, प्रशासनको कमजोरीको कारण अक्सिजनको अभाव हुँदा संक्रमितहरुले ज्यान गुमाइरहेका छन् ।

यता नेशनल मेडिकल कलेज अस्थायी कोभिड अस्पतालका निर्देशक बसरुद्दीन अन्सारीले कोरोना अस्पताल सञ्चालनको क्रममा प्रशासनले चाहेजति अक्सिजन आपूर्तिको जिम्मा लिएको भएतापनि प्रशासनले अक्सिजन आपूर्ति गर्न नसक्दा संक्रमितहरुको मृत्यु हुन थालेको बताए ।

उनका अनुसार मंगलबारसम्म अक्सिजनको कुनै समस्या थिएन । ‘जब मंगलबारदेखि अक्सिजन वीरगञ्ज बाहिर जान थाल्यो, त्यसपछि समस्या उत्पन्न भयो । बुधबार अक्सिजनको एकदमै समस्या भयो र विहीबार अक्सिजनको अभावमा २ जना संक्रमितले ज्यान नै गुमाउनुपर्यो । यस अवस्थामा प्रशासनले आपूmले लिएको जिम्मेवारीबाट पञ्छिने हो भने अस्पताल सञ्चालन गर्नमा असमर्थ हुन्छ’, उनले भने ।

यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अक्सिजन अभावकै कारण संक्रमितको मृत्यु नभएको दाबी गरे । उनका अनुसार वर्तमान अवस्थामा पर्सा जिल्लामा साढे ४ सय भन्दा बढी संक्रमितहरु रहेका छन् । उनीहरु सबैलाई अक्सिजन पु¥याउनुपर्ने भएकाले अक्सिजन अभाव भएको बताए ।

उनका अनुसार वर्तमान अवस्थामा अक्सिजनको माग बढेको कारण माग अनुसारको उत्पादन गर्न अक्सिजन उद्योगहरुलाई निर्देशन समेत दिएको बताए ।

वीरगञ्जका अस्पतालमा पठाइएको अक्सिजन सिलिण्डर पनि प्रमुख जिल्ला अधिकारीले वीरगन्ज बाहिर पठाएको भन्ने विषयमा प्रजिअ घिमिरेले केन्द्रको निर्देशन अनुसार यहाँका उद्योगबाट केही मात्रामा ग्याँसको सिलिण्डर काठमाडौं पठाइएको समेत बताए ।

काठमाडौंमा अक्सिजनको इमर्जेन्सी परेको हुनाले केन्द्रबाट आएको निर्देशन अनुसार ग्याँस सिलिण्डर काठमाडांैं पठाएको उनले बताए । अक्सिजन अभावमा दुईजना संक्रमितको मृत्यु भएको प्रतिनिधि पात्र मात्रै हुन् ।

पर्सा जिल्लामा अहिले संक्रमितहरुको संख्या जसरी बढ्दै गएको छ, र मृत्युदर पनि अग्र स्थानमा छ । यसले यहाँको अवस्था भयावह हुँदै गएको देखिन्छ । पर्सा जिल्लामा दैनिक १ सयदेखि १ सय ५० जना संक्रमितहरु थपिरहेका छन् भने ३ देखि ८ जनासम्म संक्रमितहरुले उपचारको क्रममा ज्यान गुमाइरहेका छन् ।

उपचारमा लापरवाही, अक्सिजन अभाव, २४सै घण्टा चिकित्सकको निगरानी नहुनु, स्टाफ नर्सको अभावलगायतका समस्याले यहाँका संक्रमितहरुको धमाधम मृत्यु हुन थालेको छ ।
अक्सिजन अभावमा मृत्यु हुन थालेपछि आफन्तले आफै उद्योगमा पुगेर अक्सिजन सिलिण्डर किनेर ल्याउन थालेका छन् । हुने खानेहरु उद्योगमै पुगेर अक्सिजन सिलिण्डर ल्याइरहेका छन् । तर, गरीब, असहाय परिवारहरु भने प्रशासनसँग अक्सिजनको लागि गुहार माग्नुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]