०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

प्रधानमन्त्रीद्वारा इदुल-फित्रको शुभकामना

Logo
प्रकाशित शुक्रबार, बैशाख ३१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना दिनुभएको छ ।

अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ ।

अरवी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह ९खाली मैदान० वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी ९नमाज० पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र ९दान० दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ ।

‘एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश हो,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका छन् ।

एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।’

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु देशमा सम्मानित र संरक्षित रहेको भन्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताउनुभयो ।

‘यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाब्क्षा पूरा गर्ने अभियानमा छौं,’ सन्देशमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]