०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जसपा अध्यक्ष महन्थ ठाकुरको शरणमा उपेन्द्र र बाबुराम

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ जेष्ठ । पार्टी फुटाउन अग्रसर जसपा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई अन्तत प्रथम अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्न तयार भएका छन् ।

शनिवार आफूपक्षीय कार्यकारिणी समिति बैठक राखेर उपेन्द्र र बाबुरामले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको हो ।

आफ्ना कारण पार्टी फुट्ने अवस्था आएपछि उपेन्द्र महन्थसँग वार्ताका लागि तयार भएका हुन् । महन्थले मधेसका एजेण्डाको राजनीति गरेको, सत्ता गठबन्धनमा तटस्थ बसेका बहुमत सांसदहरु उतातिर लागेपछि उपेन्द्र अफ्ठेरोमा परेका छन् । सत्ताका लागि मरिहत्ते गर्ने उपेन्द्रको स्वभाव नै हो ।

त्यसमाथि बहुमत सांसदले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेपछि उपेन्द्र पार्टीभित्र एक्लिएका छन् । यस्तो अवस्थामा महन्थसँग मिलेर जानुपर्ने महसुस गर्दै वार्ताका लागि तयार भएका हुन् ।

उपेन्द्र समूहका कार्यकारिणी सदस्य इस्तियाक राईले बैठकमा महन्थ पक्षसँग वार्ता गर्ने समझदारी भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]