०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

महामारीमै सुस्त सदन प्रतिपक्षी भन्छन्, ‘लाचारी लुकाउन बैठक बस्दैन्’

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

कमलेश ठाकुर
जनकपुरधाम ,४ जेष्ठ ।प्रदेश सभा सचिवालयले पाँच महिनापछि गत चैत ३० गते प्रदेश सभा बैठक डाके । प्रतिपक्षिसंगै सत्तारुढ दलहरुले प्रदेश सरकारको आलोचना गर्न थालेपछि बाध्यतात्म बैठक बोलाइएको थियो ।

पाँचौ अधिवेशनको पहिलो बैठक पश्चात बैशाख ९ गते दोस्रो बैठक आह्वान भयो । दास्रो बैठकमा नाम र राजधानीको लागि दर्ता भएको प्रस्तावमाथि छलफल भएर अर्को बैठक बैशाख १४ गतेको लागि डाके । तर, बैठकको एक दिन पुर्व प्रदेशसभा सचिवालयमा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सुचना नआए सम्मको लागि बैठक स्थगित गरे । बैठक स्थगित भएको सोमबार २२ दिन पुगेको छ । सचिवालयको संक्रमित कर्मचारीहरु निको भएर घर फर्किसकेका छन् । तर, बैठक अन्यौलमै छन् ।

नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले महामारीमा बैठक नबोलाएको भन्दै आपत्ति जनाए । ‘ज्यानको डर सबैलाई छ भनेर आफ्नो जिम्मेवारीबाट पञ्छिनु गलत हो,’ उनले भने, ‘वैकल्पिकमाध्यमबाट भएपनि बैठक बोलाउनु पर्छ ।’ महामारीको बेला सदनमा जनताको विषयवस्तु उठेन भने सरकारको लचारीपन झल्किने उनले टिप्पणी गरे ।

सदन चल्न नसक्दा जनताको समस्या सरकारमाझ राख्न नसकेको भन्दै अगामी बजेटबारे समेत सरकारले कुनै तयारी गर्न नसकेको उनले जानकारी दिए । ‘अहिले प्रमुख दुई वटा विषयमा बैठक बस्नु आवश्यक छ । एक जनताको जनधनको रक्षा अर्को अगामी बजेटको तयारी,’ उनले भने, ‘तर, सरकार वेवास्ता गरे झै गरेका छन् । सरकारले छिटो विकलप दिएन भने जनता निरास हुन्छ । र, बिना तयारी हत्तारमा ल्याउने बजेटले पनि ठोस योजना समावेश गर्न सक्दैन् ।’ बैठक बोलाउन प्रयास भइरहेको भन्दै जेठ १० गते भित्र बैठक बस्ने उनले अशा गरे ।

नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादवले महामारीमा सरकार निक्कमा साबित भएको तर्क गरे । सरकारले गत वर्ष पनि कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै अहिलेको भयावह स्थित सरकारकै कारण सिर्जना भएको उनले आरोप लगाए । प्रदेश सरकारले महामारीमा जनताको जनधनको रक्षा गर्न नसकेको भन्दै ‘भोजको बेला तरकारी रोपेको’ भन्दै कटाक्छ गरे । ‘सरकार बेकामे छ । सदन चल्दा उसको आलोचना हुन्छ,’उनले भने, ‘सरकारले नाकामी लुकाउन बैठक नै बस्न दिएको छैन् ।’

प्रदेश २ मा कोरोना महामारीको अवस्था भयावाह छ । सरकारको तयारी प्रभावकारी भएको छैन् । संक्रमितले भेन्टिलेटर र अक्सिजन अभावमा ज्यान गुमाइरहेका छन् । कोभिड अस्पताल सञ्चालमासमेत ढिलाई भइरहेको छ भने भएको अस्पतालमा जनशक्ति र स्रोतसाधन अभावमा बिरामी छट्पटाइरहेका छन् ।

गरिबले राहत नपाउँदा भोकै बस्ने गरेको अवस्थासमेत आएको छ । तर, सरकार निष्फिक्री छन् । सरकारले जनताको समस्यालाई वेवास्ता गरेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]