न्यूजमधेश डेस्क
काठमाडौं ,७ जेष्ठ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ ।
जेठ ८ र ९ बस्ने भनेर बोलाइएको बैठक अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन् ।
जेठ ४ गते ठाकुर र उपेन्द्र यादवबिच सहमति भएर बैठक आह्वान गरिएको थियो ।
कोभिड १९ महामारीको बढ्दो अवस्थालाई देखाएर बैठक स्थगित गरिएको हो ।