१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

कैलालीमा कोरोना सङ्क्रमित वृद्धि

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,८ जेष्ठ । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ ।

अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् ।

अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत् छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]