०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

वर्षा शनिबारसम्म जारी रहने सम्भावना, सतर्कता अपनाउन आग्रह

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ जेष्ठ ।भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि वर्षा भइरहेको छ। यसबीच कतिपय स्थानमा भारी वर्षासमेत भएको छ।

अहिले (बिहीबार बिहान) प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा जारी छ।

यासको प्रभाव अझै केही दिन रहने र अहिलेसम्मको अनुमानअनुसार कम्तीमा शनिबारसम्म वर्षा र हिमपातको क्रम जारी रहने भएको होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान :

जेष्ठ १३ गते बिहीबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना छ।

जेष्ठ १४ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना छ।

जेष्ठ १५ गते शनिबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]