०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

निजामती कर्मचारीको तलवमा २ हजार वृद्धि

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ जेष्ठ ।सरकारले निजामती कर्मचारीको मासिक तलवमा २ हजारले वृद्धि गरेको छ ।

सरकारले शनिबार अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दे अर्थमन्त्री विष्णु पौडेलले आगामी साउनदेखि मासिक तलवमा २ हजार रुपैया वृद्धि गरेको जानकारी दिएका हुन् ।

मंहगी भत्तालाई भने निरन्तरता दिइएको उनले बताए ।

कोभिड व्यवस्थापनका कारण तलबमान अपेक्षित बढाउन नसकेको जनाउदै थोरै भएपनि मासिक तलबमा वृद्धि गरिएको पौडेलले जानकारी गराए ।

त्यस्तै कर्मचारीको लागि १० लाख मूल्यको दुर्घटना विमा र १ लाख मूल्यको स्वास्थ्य बिमा बापतको प्रिमियम रकम सरकारले उपलव्ध गराउन उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]