०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जताततै कमरेडको व्यापार, छोराको नाममा अपार

Logo
प्रकाशित सोमबार, जेठ १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१७ जेष्ठ। धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्ने उखान नेपाली समाजमा प्रख्यात छ । समकालीन नेपाली राजनीतिमा यो उखान अरु धेरैका लागि पनि उनको विशेषत भनेकै जसरी भएपनि पैसा कमाउने नै रहेको छ ।

रक्षा मन्त्री भएका बेला पूर्व राजपरिवारको सम्पति आङछिरिङ शेर्पाको यति समूहलाई दिन ज्यान फालेर लाग्ने मध्येका एक थिए उनै पोखरेल । ओम्नी प्रकरणमा समेत उनै पोखरले जोडिए । कहिले छोराका नाममा कम्पनी खडा गर्ने, राज्यकोषको रकम आफै झ्वाम पार्ने उनको खास विशेषता रहेको सिंहदरबारका रहेको उनको सचिवालयमा कार्यरतहरु नै बताउँछन् ।

प्रभावविक्रम कटवाल , आरसी लामिछाने, गणेश पाण्डेहरुको हुल बगाल उनको च्याम्बरमा भेटिनुको खास मस्कद पनि आर्थिक स्रोत बलियै भएर हो भन्नेमा उनैका निर्वाचन क्षेत्रका प्रदेश सांसद नारायण सिल्वालले बेलाबखत टिप्पणी गर्ने गरेका छन् ।

पोखरेलको धन्दा त्यत्तिमा मात्रै सिमित छैन, पछिल्लो पटक उनले कोरोना नियन्त्रणका लागि स्थापना भएको सिसिएमसीको प्रमुखको नाम भजाएर आफनै छोराको नाममा खोलिएको झोले कम्पनी मार्फत सरकारी अस्पतालमा भेन्टिलेलरलगायतका स्वास्थ्य सामग्री खरिद गर्न खोजिएको थियो । केही सरकारी अस्पतालले उक्त झोले कम्पनीमार्फत स्वास्थ्य उपकरण खरिद गरेपनि वीर अस्पतालले ठेगाना समेत नभएको कम्पनीबाट कुनै पनि सामग्री खरिद गर्न सकिदैन भनेपछि पोखरलको पोल खुलेको हो ।

राजाको मन्त्रिपरिषद्मा आपूर्ति मन्त्री रहेका पोखरलले ट्यांकीमा पैसा लुकाएको र तत्कालीन शाही आयोगका पदाधिकारीले रंगेहात समातेको विषय त पूरानो भएको छैन । त्यो भन्दा बढी अरु काम गर्न खासै नजानेका पोखरेल पछिल्ला दिनमा कतिपय विषयमा खडग ओलीलाई समेत जानकारी नै नदिइ उठती धन्दामा लागेको भन्दै विष्णु रिमा, सुवास नेम्वाङहरुले पोल लगाएको विषयमा बालुवाटार जानकार नै रहेको छ ।

झोले कम्पनी देखाएर उपप्रधानमन्त्रीको मर्यादामा रहेका व्यक्तिले छोरा संलग्न रहेको कम्पनीबाठट भेन्टिलेटर खरिद गर्न दबाव दिएको वीर अस्पतालका एक वरिष्ठ कर्मचारीले जानकारी दिए ।

झोले कम्पनीबाट खरिद गर्नुपर्ने भएपछि आवश्यक तयारीबाट वीर अस्पताल प्रशासन पछाडि हटेको बताइएको छ । काठमाडौं महानगरपालिकाले १० वटा भेन्टिलेटर र ५० वटा मनिटर खरिदका लागि पैसा दिने भएपछि वीर अस्पतालले म्याक्सिम कम्पनीलाई छनोट गरेको थियो । सो कम्पनी इश्वर पोखरेलका छोराको नामा दर्ता गरिएको भएपनि कम्पन िरजिष्टार कार्यालयमा दर्ता छैन । घरेलुमा दर्ता गरिएको कम्पनीबाट अस्पतालको सामान भिडाउन लागिएको पाइएपछि वीर अस्पताल पछि हटेको बताइन्छ ।

म्याक्सिमले यसअघि टिचिङ अस्पताललाई पनि मेडिकल सामग्री उपलब्ध गराएकाले त्यहि दरमा वीरले पनि मेडिकल सामग्री दिने र सोही कम्पनी मार्फत सामान खरिद गर्न पोखरेलले वीर अस्पतालका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बोलाएर दबाव दिएका थिए ।

शिक्षण अस्पतालमा खड्ग ओलीको निजी डाक्टर भएकाले त्यहाँ प्रक्रिया सहजै स्वीकृत गरेर खरिद प्रक्रिया टुंगो लगाइएको थियो । चौतर्फी दबाव दिएर झोले कम्पनीको नक्कली सामान भिडाउन खोजेपछि वीर अस्पतालले कमरेड पोखरेलका छोरा स्वराज पोरखेलको नाममा खडा गरिएको घरेलुमा दर्ता भएको कम्पनीबाट सामान खरिद गर्ने निर्णयबाट पछाडि हटेको हो ।

आफ्नो पहलमा बेलायतबाट २० लाख डोज खोप आउन लागेको भनेर उनले आफना कारिन्दाहरु मार्फत समाचार प्रवाह गराए । बेलायती राजदूतलाई लौ न हजुर जसरी भएपनि आइदिनुप¥यो भनेर बोलाएका थिए ।

उपप्रधानमन्त्रीले नै बोलाए भन्दै बेलायती राजदूत पनि शिष्टाचार भेटका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगे । शिष्टाचार भेटमा सामान्य शिष्टाचारका कुरा मात्रै हुन्छ ।

तर भेट सकिएर राजदूत आफनो कार्याल पुग्दा नपुग्दै बेलायतबाट आफनो पहलमा २० लाख डोज खोज ल्याउन लागेको भनेर गणेश पाण्डेको मेलबाट समाचार आयो । सबै सञ्चारमाध्यमले प्राथमिकताका साथ सो समाचार समेत छापे ।

बेलायतबाट २० लाख खोप पाउने करा आफैमा महत्वपूर्ण समाचार थियो । तर, अन्त्यमा आएर सो समाचार गलत गलत रहेको ठहर भयो । बेलायतले नेपाललाई सोझै खोप दिन लागेको नभई विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत उपलब्ध गराउन लागेको रहेछ । सो सहयोग नेपालले अल्पविकसित देशको रुपमा पाउने राहत थियो । त्यो उपप्रधानमन्त्रीको पहलको कुरा थिएन । तर, जसरी उनले आफनो पहलमा खोप ल्याउन खोजेको भनेर प्रचार गराइयो, त्यो भने गलत थियो ।

यस्तै, पोखरलले व्यापारीले चीनबाट ल्याएको २० हजार थान अक्सिजन सिलिण्डर आफनै पहलमा ल्याउन लागेको भन्दै प्रचार गराए । त्यो समेत गलत ठहर भएपछि उनी अब के फण्डा गर्ने होला त भनेर खुराफातमा लागेको बताइन्छ । उता सिसिएमसीको संयोजक समेत खोसिएपछि अब नयाँ तरिकाले धन्दा चलाउने निष्कर्षमा पोखरेल पुगेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]