२६ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
×

भारतमा घट्दै कोरोना संक्रमित, मृत्युदर पनि घट्दो

Logo
प्रकाशित सोमबार, जेठ १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ जेष्ठ। भारतमा भयावह रुपमा फैलिएको कोरोनाभाइरसको दोस्रो लहर केही दिन यता घट्दै गएको देखिएको छ। संक्रमण घटेपनि मृत्यु दर घट्न सकेको थिएन तर दुई,तिन दिन यता मृत्युदर पनि घट्दै गएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्। मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो साताभन्दा झन्डै पाँच हजार कम हो। मार्चको पहिलो सातादेखि बढ्न थालेको भारतको मृत्युदर त्यसयता लगातार बढेको बढ्यै थियो ।

पछिल्लो समय दैनिक संक्रमण घटे पनि भारतमा मृत्युदर भने ४ हजारको आसपासमा रहिरहेको थियो । आइतबार भने भारतमा दैनिक संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि निकै तल झरेको छ। भारतभर आइतबार १ लाख ५३ हजार संक्रमित थपिएका छन्। बितेका ५० दिनमा आइतबार सबैभन्दा कम संक्रमित थपिएका हुन्।

त्यस्तै आइतबार ज्यान गुमाउने संक्रमितको संख्या २ हजार ७ सय २२ छ। यो अप्रिल २७ यताकै सबैभन्दा कम संख्या हो। भारतका यि राज्यहरुमा सिक्किम, मणिपुर, अरूणाञ्चल, मिजोरम लगायतका स्थानमा भने कोरोना संक्रमित बढेका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]