न्यूजमधेश डेस्क
काठमाडौं,१९ जेष्ठ । निर्वाचन आयोगले कारवाही पुष्टि गर्नेबारे थप कागजात पठाउन जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई भनेको छ।
अध्यक्षद्वयले एक-अर्कालाई कारबाही गरेको पत्र हिजो निर्वाचन आयोग पठाएका थिए।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, “निवेदन खारेज भएको छैन, कारबाही पुष्टि गर्ने गरी आवश्यक कागजात छ कि छैन भनेर जाँच हुँदा केही कागजातको कमी भएकाले त्यो मागिएको छ।”