न्यूजमधेश डेस्क
काठमाडौं ,२२ जेष्ठ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सधैँ खटिइरहने बताउनुभएको छ ।
जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार सधैँ निरन्तर लागि रहने उहाँको प्रतिबद्धता थियो ।
नवनियुक्त मन्त्रीहरूलाई आज शुभकामना व्यक्त गर्ने क्रममा निर्वतमान मन्त्री आलेले भन्नुभयो, “हामी आम नागरिकको सेवा तथा देशको विकासका लागि राजनीतिमा लागेका हौँ, नागरिकको सेवा गर्नु हाम्रो धर्म हो ।”