०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सीमा क्षेत्रबाट आठ लाख नगद बरामद

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी,२९ जेष्ठ । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ ।

जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो ।

सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ ।

झोला जाँच गर्दा सो परिमाणको नगद फेला परेको जिल्लाको जलेश्वर–५ स्थित सशस्त्र प्रहरी बल ९ नम्बर गण जलसागरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो ।

बरामद रकम भन्सार कार्यालय जलेश्वरमा दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]