न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
मन्त्री भएपछि बुधवार स्वास्थ्य सामग्री बोकेर पहिलोपटक गृहजिल्ला आइपुगेका मन्त्री अरगरियाले विहीवार एक समारोहबिच हस्तान्तरण गरेका हुन् ।
मन्त्री अरगरियाले २ वटा भेन्टिलेटर, २ वटा अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, पिपिई, फेस शिल्ड, मास्क लगायत एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।