०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

खाडी मुलुक जाने नेपाली कामदारसंग बढी रकम असुल्ने एजेन्सीमाथी मन्त्री अरगरिया एक्सनमा

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,७ असार । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने नेपाली कामदारसँग बढी भाडा असुल्ने ट्राभल एजेन्सीमाथि सरकारले कडा एक्सन लिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको निर्देशनमा बढी भाडा लिने ट्राभल एजेन्सीविरुद्ध कानुनी कारवाही थाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई पत्र काटेको छ ।

काठमाडौंदेखि साउदी अरबको दमामसम्म नियमित उडानतर्फ एकतर्फी भाडादर ३५ देखि ४० हजारसम्म रहेकोमा महामारीमा सीमित उडानको मौका छोपेर ट्राभल एजेन्टहरुले २ लाखसम्म असुलेको तथ्य सार्वजनिक भएपछि कारवाही अगाडि बढाइएको हो ।

६ वर्षदेखि साउदी अरबमा इलेक्ट्रोनिकल इन्जिनियरको रुपमा कार्यरत कलमदेव साहलाई काठमाडौंको गौशालामा रहेको रस्बिता इन्टरनेशनल ट्राभल एण्ड टुर एजेन्सीले दुई लाख ७ हजार पाइएको छ । यो तथ्य बाहिर आएपछि प्राधिकरणले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र काटेको हो ।

रस्बिता ट्राभल्सले उठाएको भाडादर प्राधिकरणको भाडादरभन्दा अत्यधिक बढी देखिएको भन्दै आवश्यक छानविन गरी प्रचलित कानुन बमोजिम कारवाही गर्न प्रहरीलाई अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]