१५ कार्तिक २०८१, शुक्रबार
01-11-2024 , Fri
×

रौतहटमा मौलापुर नगरपालिकाको नगरसभामा कुटाकुट भएपछी

Logo
प्रकाशित बिहिबार, आषाढ १०, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१० असार । रौतहटको मौलापुर नगरपालिको नगरसभामा कुटाकुट भएको छ । पाचौँ नगरसभा चलिरहेका बेला दुई पक्षबीच हानाहान भएको हो ।

माओवादी छोडेर एमालेमा लागेका नेता प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

नगरसभाको प्रमुख अतिथि प्रभु साह छन् । सो नगरपालिकाको प्रमुख उनकै श्रीमती रिनाकुमारी साह हुन् । विपक्षी नेताहरूले नगरपालिकामा ठूलै हिनामिना भएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]