१७ चैत्र २०८१, मंगलबार
01-04-2025 , Tue
×

भासिएको कमला पुल निर्माणमा संलग्नलाई कार्वाहीको माग गर्दै पुर्वमन्त्री अरगरिया

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार । निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले सञ्चालनमा नआउँदै क्षतिग्रस्त कमला नदीको पुल निर्माणमा संलग्नलाई कारवाहीको माग गरेका छन् ।

मधेसको लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोडने कमला नदी पुल हस्तान्तरण तथा संचालनमा नआउँदै भासिएको घटनाप्रति दुस्ख व्यक्त गर्दै पूर्वमन्त्री अरगरियाले घटनाको सत्य तथ्य छानविनको माग गरेका छन् ।

निर्माणधीन पुल भाँसिनु वा भत्किँदा निर्माण सामग्री कमसल अर्थात गुणस्तरहीन रहेको स्पष्ट भएको भन्दै जसपाका नेता अरगरियाले तसर्थ पुल गुणस्तर छानविन समिति गठन गरी पुल निर्माणमा संलग्न कार्यालय, ईन्जिनियर तथा ठेकेदार सहित दोषीमाथि कडा कारवाहीको मांग गरेका छन् ।

साथै उक्त पुलको निर्माण काम अविलम्ब सुचारु गर्न गराउन समेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । गुणस्तर पुल निर्माण गरी धनुषा र सिरहाका जनतालाई आवतजावतमा सहज पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उक्त पुल निर्माणमा सो क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका अरगरियाले विशेष पहल लिएका थिए । मन्त्री भइसकेपछि गृहजिल्ला पुग्दा निरीक्षण समेत गरेका थिए । १५ दिनभित्र सञ्चालन आउने भनेको पुल अविरल वर्षापछि नदीमा पानीको बहाव बढ्दा भाँसिएपछि पुलको गुणस्तरमै प्रश्न उठाउँदै पूर्वमन्त्री अरगरियाले छानविन समिति माग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ। हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे। लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट […]