१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

नेकपाको विवाद मिल्यो, मध्यरातमा कार्यदलले गर्‍यो १० बुँदे सहमति

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२७ असार । एमालेको विवाद मिलाउन आज बिहानैदेखि बसेको कार्यदल बैठक करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ ।

विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो ।

एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट १० बुँदे सहमति गरी हस्ताक्षर गरेर नेतृत्वसमक्ष प्रस्तुत गर्नेछौँ।’

१० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

सहमतिपत्रको पहिलो बुँदामा पार्टीभित्र देखिएको अन्तविरोधहरुलाई पार्टीभित्र समाधान गर्न सहमत भएको विषय राखिएको छ ।

सबैभन्दा बढी पेचिलो बनेको सर्वोच्चमा दायर रिटका बारेमा कार्यदलले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति कायम गरेको छ ।

प्रवक्ता ज्ञवालीले भने,‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयका आधारमा हामी अघि बढ्नेछौं ।’

सहमतिपत्रमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुलाई यसअघि दिइएको जिम्मेवारी नै कायम राख्ने उल्लेख गरिएको छ ।

त्यस्तै एमाले पुर्नजीवित गर्ने सर्वोच्चको फैसलापछि भएका सबै निर्णय बदर गर्ने सहमति समेत जुटेको छ ।

सहमतिपछि भोलिका लागि बोलाइएको स्थायी कमिटि र मंगलबारका लागि बोलाइएको केन्द्रीय कमिटिको बैठक समेत बस्ने उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ९ बजेदेखि बसेको बैठक राति १० बजे सकिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]