०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न सकेन

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२८ असार । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गर्नुभएको थियो ।

तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष सकिन तीन दिनमात्र बाँकी छ । सरकारको आफैंले गरेको २० प्रतिशतभन्दा बढी असारमा खर्च नगर्ने निर्णय लत्याएर बजेटरी अनुशासन पालना नगरेको अर्थविद्हरु बताउँछन् ।

विगत १२–१५ वर्षदेखि असारमा मात्रै ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने गरेको भन्दै त्यो खर्च भएको रकमको गुणस्तर हेर्नुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको अन्त्य हुन ५ दिन बाँकी रहँदा १ खर्ब ९२ करोड खर्च गरेको छ ।

जसमध्ये पनि अधिकांश खर्च असार महिनामै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनामा दैनिक करिब २ अर्बको दरले २५ दिनमा मात्रै कूल ४९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

यो पहिलेको तुलनामा निकै नै धेरै हो । यसअघि प्रतिदिन ४२ करोड ८४ लाख खर्च हुने गरेकोमा असार लागेसँगै प्रतिदिन झण्डै पाँच गुणा बढी अर्थात् २ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ ।

सरकारी नीति अनुसार असार २५ गतेदेखि सामान्य खर्चका लागि चेक काट्न नपाइने नियम रहेको छ । तर, विषेश कार्यक्रमका लागि ३१ गते सम्मनै चेक काट्न मिल्ने महालेखा नियन्त्रक कार्यालयको भनाइ छ ।

पुँजीगत खर्चको तुलनामा चालु बजेट भने विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्षमा पनि अधिक खर्च भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ९ खर्ब ४९ अर्ब रुपैयाँ चालू बजेटअन्तर्गत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ८८।०५ प्रतिशत अर्थात्, ८ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५४।११ प्रतिशत अर्थात्, ९३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]