१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

सर्वाेच्चकाे निर्णयले दलीय शासनको हत्या गरी द्वन्द्व चर्कायाे : पुर्वमन्त्री प्रभु साह

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२८ असार। पूर्वमन्त्री प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरी देशमा द्वन्द्व चर्काएको बताएका छन् ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया जनाउदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलिय व्हिप न लाग्ने आदेश यो ब्यवस्थाकै विडम्बना भएको बताएका हुन् ।

दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन भन्ने निर्णय गरेर सर्वोच्च अदालतले दलीय प्रणालीको आत्माको हत्या गरेको पूर्वमन्त्री साहको भनाइ छ ।

उनले ग़लत संवैधानिक व्यवस्थाकै कारण आज देशमा संकट निम्तिएको बताएका छन् ।

‘दलीय शाशन प्रणाली वर्तमान व्यवस्थाको आत्मा हो, र दलीय प्रणालीको आत्मा हो दलीय अनुशासन । आज सर्वोच्च अदालतले दलीय अनुशासन लागू हुँदैन भन्ने जुन फैसला गरेको छ, यसले दलीय प्रणालीको आत्माको हत्या भएको छ । यसले देशमा द्वन्द्व चर्काउने बाहेक केही गर्न सक्दैन ।’

पूर्वमन्त्री साहले भने, ‘तपाइँ हामीले हेरिरहेका छौँ कि जुन ढंगले न्यायालय राजनीतिमाथि हाबी भएको छ, यो सबै गलत संवैधानिक प्रावधानकै उपज हो । हामीले भन्दै आएका छौँ कि जुन अहिलेको संविधान छ, त्यो अस्पष्ट र कन्फ्युज्ड व्यवस्थाहरुको फ्युजनवाट बनेको खिचडी संविधान हो । र आजको सर्वोच्च अदालतको फैसलाले वर्तमान व्यवस्था र संविधान असफल भईसक्यो भन्ने पुष्टि गरेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]