०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

भोलिबाट पेट्रोल पम्प बन्द, अब के हुन्छ ?

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२९ असार । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध पाँच विद्यार्थी संगठनले भोलि (असार ३० गते) देखि देशभरका पेट्रोल पम्प तथा ढुवानीका ट्यांकरहरू बन्द गर्ने घोषणा गरेका छन्।

यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए।

त्यसो नभएपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले आन्दोलनकै कार्यक्रम अन्तर्गत पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने जनाएका हुन्।

मंगलबार नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘ध्यानाकर्षणको अवज्ञा गरिएमा त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवारी व्यवसायीहरु र एसोसिएसन आफैँ हुने’ चेतावनी दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]