२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

अन्नपूर्ण रियल स्टेटले जानकी बृद्धाश्रममा गरे खाद्यान्न सामग्री सहयोग

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० असार। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामस्थित रहेका जानकी बृद्धाश्रममा अन्नपूर्ण रियल स्टेटले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

बुधबार अन्नपूर्ण रियल स्टेटका संचालक दिनेश साहको अध्यक्षतामा एक कार्यक्रम विच खाद्यान्न सामग्री सहयोग गरको हो ।बृद्धाश्रममा रहेका २० जना बृद्ध आमाहरुका लागि सो संस्थाका संचालन साहले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

बृद्धाश्रममा १५ बोरा चामल, १ बोरा दाल, नून १ बोरा, आलु २ बोरा, प्याज १ बोरा, तेल ३० लिटर, खुर्सानी, धनिया तथा बेसारको मसाला १÷१ केजी, जिरा २ केजी, पानी, फ्रुटीलगायतका सामग्रीहरु वितरण गरिएको अन्नपूर्ण रियल स्टेट जनकपुरधामका संचालक दिनेश साहले बताएका हुन।

उनले आगामी दिनमा कबिर बाल आश्रममा समेत खाद्यान्न सामग्री वितरण गर्ने योजना रहेको बताए । उनले वृद्धाश्रममा भैपरी आउने समस्या समाधानका लागि तन, मन र धनबाट लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो खाद्यान्न वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका – ७ का वडाध्यक्ष जानकीराम साह,समाजसेवी जगतलाल मण्डल ,डा अभधेश सिंह,श्रीनारायण मण्डल ,नरेश साह,प्रवानन्द मण्डल र स्थानीय प्रहरीको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]