२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

जसपाको उपेन्द्र पक्ष सरकारमा सहभागी हुँदै

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ श्रावण । जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाइने बैठकले निर्णय गरेको छ । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।

जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ । जसपा यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीन राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताउनुभयो । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद हुनुहुन्छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आउनुभएको जनाइएको छ ।

सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]