
न्यूजमधेश डेस्क
काठमाडौं,४ श्रावण ।नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन गठन गरेका छन् ।
एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले बताएका छन् ।
आज (मंगलबार) दिउँसो भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्ने एक नेताले जानकारी दिनुभयो ।
आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।