
न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीले कोटहीमाई गाउपालिकामा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।
मंगलबार जनमत पार्टीका कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाषचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले रिवन काटेर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा सयौं जना प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले जनकारी दिएका हुन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य निर्मला हरिजन, भष्ट्राचार निवारण प्रमुख संजय कुमार मिश्र, जिल्ला अध्यक्ष बिष्णु सिंह लोध, विरेन्द्र धावल, जिल्ला सदस्य राजनारायन गिरी, इन्जिनियर जनमत संघका जिल्ला संयोजक अमरनाथ यादव, कोटहीमाई गाउपलिकाका १देखि ७ सम्मका पार्टीका वडाअध्यक्षसहितको उपस्थितिमा कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम भएको नेता गुप्ताले बताए ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय सचिव यादवले स्वागत गर्दै सदस्ता प्रदान गरेर पार्टी प्रवेश गराएको छ ।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद समेत दिएका हुन् ।