१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

रौतहटस्थित नेता नेपालको घरमा प्रहरीको कडा निगरानी

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

बाल बिक्रम कार्की
रौतहट ,६ श्रावण । युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले युवा संघले चन्द्रनिगाहपुरमा गर्ने भनेको विरोधको क्रममा नेपालको घरमा क्षति पु¥याउनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

चन्द्रपुर नगरपालिका–४ मा रहेको नेता नेपालको घर प्रवेश गर्ने दुवै तर्फी बाटो र घर अगाडि प्रहरी परिचालन गरिएको छ । सो बाटो हुँदै आवतजावत गर्ने स्थानीयमाथि प्रहरीले कडा निगरानी गरिरहेको छ ।

केही वर्ष अगाडि मात्र निर्माण गरिएको उक्त घरमा हाल आरडीसी नेपाल नामक संस्थाले भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । नेता नेपाल रौतहट आएको बेला सोही घरमा बस्ने गरेका छन् ।

उनको जिल्ला सदरमुकाम गौरमा पनि घर रहेको छ । त्यहाँको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]