१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,७ श्रावण । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएको तालिकामा हुने बताउनुभएको छ ।

महोत्तरीको जलेश्वरमा आज महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र प्रजातान्त्रिक योद्धा स्वर्गिय महोश्वरप्रसाद सिंहको सालिक अनावरण गर्दै निधिले शासन सञ्चालनमा कांग्रेसका लागि लोकतन्त्रको कुनै विकल्प नहुने बताउनुभएको हो । नेपाली कांग्रेस महोत्तरीले आफ्नै कार्यालय प्रयोजनका लागि महेश्वरप्रसाद सिंह स्मृति भवन निर्माण गरेको हो ।

उहाँले महोत्तरी पार्टीले नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व सिंहको स्मृति सधैँ ताजा राख्न उहाँको सालिक र भवन निर्माण गरेर स्तूत्य काम गरेको बताउनुभयो । महोत्तरीको सन्दर्भमा स्व सिंह कांग्रेस नेता मात्र नभएर जनमनमा स्थापित नेता रहनुभएको उल्लेख गर्नुभयो ।

विसं २०४८ को आमनिर्वाचनमा तत्कालीन महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका स्व सिंह सो लगत्तै सामान्य प्रशासनमन्त्री बन्नुभएको थियो ।

मृत्युपर्यन्त कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका सिंहको स्मृतिका नेका महोत्तरीले आफ्नो नवनिर्मित कार्यालय भवन नै उहाँको नाउँमा राखेको हो । सालिक अनावरण तथा भवन उद्घाटन समारोह नेका महोत्तरी सभापति महेन्द्रकुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]