०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत पार्टीको पहलमा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ श्रावण । जनमत पार्टीको पहलमा सवारी दुर्घटनामा परि एक वर्ष अगाडी ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरका परिवारलाई ५० हजार आर्थिक सहयोग गरिएको छ ।

डा सीके राउत नेतृत्वको जनमत पार्टी हंसपुर नगरपालिकाका नगर संयोजक विवेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरको पहलमा मलेसियामा कार्यरत हंसपुरकै रामललित कापरले आर्थिक संकलन गरी पठाएको ५० हजार रुपैया कापरका परिवारलाई सहयोग गर्न पठाएको थिए ।

सोही रकम आज एक कार्यक्रम विच जनमत पार्टीका हंसपुर नगर संयोजक बिबेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरले कापरका श्रीमती रानी कापरलाई ४० हजार र उनको आमा–बुवाको लागि बुवा बिन्देश्वरलाई १० हजार रुपैया हस्तान्तरण गरे ।

घरको आर्थिक अवस्था कमजोर रहेका कारण मृतक कापरका परिवारलाई आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग पाएका कापरका परिवारले सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

सो रकम हस्तान्तरण गर्नको लागि जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कापरको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]