१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

जसपा आधिकारिकता विवादमा रेमश चौधरी तटस्थ

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ श्रावण । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्नुभएको छ ।

मतदान गर्न निर्वाचन आयोग पुग्नुभएका चौधरीले आफू तटस्थ बसेको जानकारी दिनुभयो । ‘जित्ने पनि जसपा र हार्ने पनि जसपा भएको अवस्थामा मैले कतै पनि हस्ताक्षर गर्न सकिन,’ उहाँले भन्नुभयो, ‘म तटस्थ बसेँ ।’

सञ्चारकर्मीमाझ कुरा गर्नुभएका उहाँले आफू निर्दोष रहेको विषय पुनः दाहोर्याउनुभएको छ । न्यायालयले राजनीतिक मुद्दामा फौजदारी अभियोगको सजाय दिएको उहाँको भनाइ छ ।

रेशम चौधरी तठस्थ बस्नुअघि नै जसपाको उपेन्द्र यादव पक्षमा बहुमत भइसकेको थियो । यादव पक्षले बहुमत पुर्याएसँगै पार्टीको आधिकारिकता अब यादवको पक्षमा जानेछ भने महन्थ ठाकुर समूह दलविहीन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]