१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

जसपा पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्णः राजेन्द्र महतो

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ११ श्रावण । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्राविधिक कारण देखाएर यादव पक्षले पार्टी फुटाउन लागेको बताएका छन्। एकता गरेको एक वर्षमै पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्टमा यादव पक्षको बहुमत देखिएपछि बाहिरिने क्रममा महतोलेआफूहरु अल्पमतमा परे पनि केही फरक नपर्ने बताए। ‘यो ५१ जनाको मात्रै पार्टी होइन,’ उनले भने , ‘अव हामी जनता माझ जाने छौँ।’ जनतालाई न्याय दिन गरेको एकता प्राविधिक विभाजनमा पुग्नु दुर्भाग्य पूर्ण रहेको उनको भनाई छ।

निर्वाचन आयोगले सोमबार ’हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो। जसमा उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]