२७ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
×

वडाअध्यक्षले बलपूर्वक एकैजनाको जग्गामा बाटो निर्माण गरे

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

राकेश यादव जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिका ३ का वडा अध्यक्ष रामदुलार मण्डलले एकलौटी निर्णय गरि एकैजनाको जग्गामा रातारात सडक निर्माण गरेको छ।

नयाँ बाटो निर्माण तथा पुरानो बटोको विस्तारको क्रममा दुवै तर्फबाट आधीआधी लिनुपर्नेमा मण्डलले बलपूर्बक एकैजनाको जग्गामा सडक निर्माण गरेको स्थानीयले दावि समेत गरेको हो ।

वडा नम्बर ३ का शंकर प्रसाद साहको निजी जग्गामा एकतर्फी रुपमा सडक बनाइएको छ ।सरकारी अमिनले नापनक्सा गरिसकेको जग्गामा एकतर्फा निर्णय गरेर सडक निर्माण गरेको साहले आरोप लगाएको छ।‘जिल्ला प्रहरी कार्यालयमा छलफलगरि सरकारी अमिन खटाइएको थियो’ उनले भने, अमिनले जग्गा छुट्टयाइसकेपछि बलपूर्वक एकतर्फी रुपमा सडक निर्माण गरेको छ ।

सडक निर्माण सम्बन्धी विवाद गाउँपालिकाको न्यायिक समितिमा समेत रहेको उल्लेखगर्दै साहले भने, तर न्यायिक समितिको निर्णय आउनुभन्दा अगाडिनै सडक निर्माण गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]