१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

डिप्लोमा ईन्जिनियर जनमत संघको जिल्ला कार्यसमिति धमाधम गठन हुँदै

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन अन्तर्गत डिप्लोमा ईन्जिनियर जनमत संघको जिल्ला तदर्थ कार्यसमिति धमाधम गठन भैरहेको छ ।

डिप्लोमा ईन्जिनियर जनमत संघका राष्ट्रिय संयोजक मुकेश मैरताले न्यूजमधेश संग कुरा गर्दै उनले अहिले सम्ममा ७ वटा जिल्लाहरुमा डिप्लोमा ईन्जिनियर जनमत संघको तदर्थ समिति गठन भइसकेको जानकारी दिनुभयो।

जसमा सप्तरी जिल्लामा प्रमोद ईश्वरको अध्यक्षतामा १९ सदस्य, सिरहा जिल्लामा श्याम सुन्दर शाहको अध्यक्षतामा १९ सदस्य,धनुषा जिल्लामा विवेक मरबैता यादव अध्यक्षतामा १३ सदस्य,महोत्तरी जिल्लामा सुनील कुमार मण्डल अध्यक्षतामा १३ सदस्य, बारा जिल्लामा प्रदिप कुशवाहाको अध्यक्षतामा १९ सदस्य गठन भैसकेको संघका संयोजक मैरताले बताउनुभयो ।

त्यस्तै, रुपन्देही जिल्लामा दुर्गेश यादवको अध्यक्षतामा १३ सदस्य, नवलपरासी जिल्ला मुना प्रसाद सहनीको अध्यक्षामा १३ सदस्य गठन भइसकेको छ ।

यता मोरङ, सुनसरी, सर्लाही, रौतहट लगायत बाँकी रहेका जिल्लाहरुमा संगठन विस्तार गर्ने तयारी भैरहेको छ ।

संघका केन्द्रीय संयोजक मैरताले भने – “संगठनले आउँदो दशैं सम्ममा महाधिवेशन गर्ने समेत दावी गरेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]