२७ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
×

कमला नदिमा पानीको चाप बढ्दै,सर्तक रहन मौसम विभागको आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

मनोज मोरबैता , जनकपुरधाम । लगातार वर्षाले गर्दा धनुषा र सिरहा जिल्लाको बिचमा रहेको कमला नदीमा पानीको चाप बढ्दै गैरहेको स्थानीयबासी चिन्तित रहेको छ।

सोमबार देखी निरन्तर रुपमा वर्षा हुँदै आइरहेको कारणले कमला नदिमा पानीको चाप बढ्ने क्रम जारी रहेको स्थानीय रामकिशोर मण्डलले न्युज मधेशसंग फोनको मार्फतबाट जानकारी गराएको छ।

यता धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले भने अनुसार धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा अबिरल बर्षाका कारण जलस्तर बढदै गएकोले कमला छेउका आम सर्वसाधारणहरुमा अलर्ट जारी गरिएको बताएको छ । उनले कमला छेउको रानीवास भन्ने ठाउँमा अलर्ट जारी गरिसकेको र सतर्क रहन सूचना दिसकेको जनाए ।

सिडिओ कनेलका अनुसार निरन्तर बर्षाका कारण जलस्तर बढदै गएकोले कमला छेउका ग्रामिण भेकमा सुरक्षाकर्मीहरुलाई समेत अलर्टमा राखिएको बताए । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली तैथान रहेको जानकारी दिए।

समग्र धनुषा जिल्लाको सन्दर्भमा बोल्दै सिडिओ कनेलले जिल्लाको अवस्था समान्य रहेको तथा जनकपुरमा नालामा पानीको बहाब रोकिएकोले ठाउँ ठाउँमा पानी जमेको भन्दै कर्मचारी, प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भईरहेको जानकारी दिए ।

अहिले कमलामा पानीको सतह ४।५ मापन गरिएको छ । तर जलस्तर बढने क्रम जारी छ ।

यसका साथै, गएराती तराई मधेशको बरा,पर्सा,रौतहट ,धनुषा ,सिरहा र सप्तरीलगाइत विभिन्न जिल्लामा भारी वर्षा भएको पानी मापन अनुसार, बारा, पर्सा, रौतहट, धनुषा सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा भारी बर्षा भएको अनुमान गरिएको छ। कमला नदी र बागमति नदी लगायत शाखाको विभिन्न नदीहरुमा पानीको बहाब बढदै गएकोले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]