०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सप्तरीको बोदेबर्साइनमा युवा र महिला जनमत संघ गठन

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२६ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको छ ।

मंगलबार जनमत पार्टी बोदेबर्साइन नगरपालिका ७ का वडा अध्यक्ष गोसाई साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी नगर अध्यक्ष खुश्बु यादव रहेकी छिन् ।

सो कार्यक्रममा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको नगर अध्यक्ष खुश्बु यादवले जानकारी दिनुभयो ।

दिपेन्द्र यादवको नेतृत्वमा ३५ सदस्यीय वडा स्तरीय युवा जनमत संघ र रोसा देवी यादवकी नेतृत्वमा ३१ सदस्यीय महिला जनमत संघ गठन भएको छ ।

सोही कार्यक्रम विच विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा सयौं जना नेता तथा कार्यकर्ता प्रवेश गरेको छ ।

नव प्रवेशीका सबैजनालाई अबिर लगाएर पार्टी प्रवेश गराएका छ्न ।पार्टी प्रवेश गरेका सबैजनालाई शुभकामना तथा बधाई समेत नगर अध्यक्ष खुश्बु यादवले दिएकी छिन् ।

उक्त कार्यक्रममा नगर सचिव विद्या नारायण यादवलगाइत स्थानीय नेता कार्यकर्ताहरुको उपस्तिथिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]